चौविस घण्टामा देशभर थपिए २१० जना कोरोना संक्रमित, संक्रमितको संख्या १९ हजार २७३

4
Share

काठमाडौँ, १४ साउन । पछिल्लो चौविस घण्टामा देशभर थप २१० जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभरका बिभिन्न प्रयोगशालामा ६ हजार ३७ वटा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २१० जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २१० जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १९ हजार २७३ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ५ हजार २०३ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १४६ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १४ हजार २१ पुगेको छ ।

त्यसैगरी देशभरका बिभिन्न क्वारेनटिनमा १४ हजार ४७१ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४९ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *