काठमाडौँमा थपिए ८ जना कोरोना संक्रमित


काठमाडौँ, ११ साउन । काठमाडौँ उपत्यकामा आज थप ८ जनामा कोरोना भाइरस(कोभिड-१९)संक्रमण देखिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँमा ८ जना संक्रमित थपिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ७५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या १३ हजार १२८ पुगेको छ ।

अहिलेसम्म ६ वटा जिल्ला कोरोना मुक्त छन् । तीन जिल्लामा ५०० बढी संक्रमित रहेका छन् ।

नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *