झापामा आइपुग्यो प्रदेश सरकारको पिसिआर मेसिन

0
Shares

झापा, १० साउन ।  प्रदेश नं १ सरकारले मेची अञ्चल अस्पताललाई उपलब्ध गराएको कोभिड–१९ परीक्षण गर्ने अत्याधुनिक पिसिआर मेसिन झापामा आइपुगेको छ ।

जिल्ला समन्वय समिति झापाका प्रमुख सोम पोर्तेलले आजदेखि मेसिनको जडान शुरु हुने र छिट्टै सञ्चालनमा ल्याउने तयारी गरिएको बताए । स्वीस सरकारबाट प्रदेश सरकारलाई प्राप्त भएको सो मेसिन मेची अञ्चल अस्पतालभित्र प्रयोगशालामा राखिने अस्पताल विकास समितिका अध्यक्षसमेत रहेका पोर्तेलले जानकारी दिए ।

मुख्यमन्त्री शेरधन राई, सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र झापाका प्रदेश सांसदको उपस्थितिमा स्वीस सरकारका प्रतिनिधि अमन गोन्छेले सो मेसिन शुक्रबार विराटनगरमा एक कार्यक्रमबीच हस्तान्तरण गरेका थिए ।

झापामा कोभिड–१९ को परीक्षण गर्ने अर्को पिसिआर मेसिन कनकाईको समर्पण भवनमा जोड्ने काम सम्पन्न भइसकेको छ । ‘एकका लागि एक अभियान’ले उक्त मेसिन जनस्तरमा चन्दा सङ्कलन गरेर खरिद गरेको हो । अभियानका संयोजक महेन्द्र गिरीले जनस्तरबाट किनेर जडान गरिएको पिसिआर मेसिनसमेत प्रदेश सरकारलाई सञ्चालनका लागि हस्तान्तरण गरिने बताए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *