सरकारी अस्पतालमा शल्यक्रिया गर्न १४ महिनासम्म कुर्नुपर्ने !

काठमाडौँ, १ साउन । सस्तो सुलभ र गुणस्तरीय सेवाका लागि पहिचान बनाएका सरकारी अस्पतालमा सेवा लिन आम सर्वसाधारणले भने लामो समय पर्खिनु पर्ने अवस्था रहेको सरकारको प्रतिवेदनले खुलासा गरेको छ ।

महालेखापरीक्षकको सन्ताउन्नौँ बार्षिक प्रतिवेदनले अस्पतालमा सेवा लिनका लागि १४ महिनासम्म प्रतिक्षा गर्नुपरेको विवरण सार्वजनिक गरेको छ ।

कहाँ कहाँ कस्तो समस्या ?
प्रतिवेदनका अनुसार आर्थिक बर्ष २०७६ /७७ मा भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा १२८ जनाले डायलासिस सेवा पाएनन् । उता महाराजगञ्जस्थित कान्ति बाल अस्पतालमा शल्यक्रिया गर्न ६५२ जनाले १४ महिनासम्म प्रतिक्षा सूचीमा बस्नु परेको उल्लेख छ ।

यस्तै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा विभिन्न प्रकारका शल्यक्रिया गर्न एक देखि पाँच महिनासम्म, वीर अस्पतालमा नप्रोलिथोटोम ीगर्न १० महिना र न्युरो सम्वन्धी शल्यक्रिया गर्न ३ महिनासम्म प्रतिक्षा गर्नुपरेको उल्लेख छ ।

थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा पाठेघर तथा आङ खस्ने बिरामीको उपचार गर्न ३ महिना प्रतिक्षा सूचीमा रहनुपर्ने उल्लेख छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष बुधबार बुझाई सार्वजनिक गरिएको यो प्रतिवेदनले उपचारका लामो समय प्रतिक्षा गर्नुपर्ने कारण विरामीको स्वास्थ्य जोखिम पर्ने र निजी अस्पतालमा जान बाध्य हुनुपर्ने अवस्था रहेको उल्लेख गरेको छ ।

प्रतिवेदनले ठूला सरकारी अस्पतालमा सेवाका लागि यो अवस्था भएपनि बिरामीको स्वास्थ्य उपचारको लागतमा कमी हुने स्थिति नदेखिएको बताइएको छ । महालेखाले अस्पतालहरुले शल्यचिकित्सा सम्वन्धी दैनिक, मासिक र क्षेत्रगत तालिका तयार गरी उपलव्ध स्रोतको अधिकतम उपयोग गर्नुपर्ने गतवर्षको प्रतिवेदनमा औल्याइए पनि त्यसमा सुधार नभएको बताएको छ ।

यो प्रतिवेदन अघिल्लो बर्षको हो । उल्लेखित अस्पतालहरुमा अहिले नयाँ नेतृत्व आएको छ । महालेखाको सूझाव अनुसार चल्ने र अर्को बर्ष संस्थामा यो समस्या नहुने अवस्थामा ल्याउन नयाँ नेतृत्वका लागि सुनौलो अवसर देखिएको

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *