चिकित्सकलाई क्युआर कोड सहितको नयाँ लाइसेन्स कार्ड जारी गर्दै काउन्सिल

काठमाडौँ, ३० असार । नेपाल मेडिकल काउन्सिलले अब डिजिटल प्रविधि जडित चिकित्सक दर्ता कार्ड जारी गर्ने भएको छ । काउन्सिलको गत बुधबार बसेको फूल हाउस बैठकले डिजिटल प्रविधि जडित नयाँ नाम दर्ता कार्ड जारी गर्ने निर्णय गरेको हो ।

काउन्सिलका रजिष्टार डा कृष्ण प्रसाद अधिकारीका अनुसार नयाँ कार्डमा सुरक्षा प्रणाली ( क्युआर कोड) राखिने छ । कार्डमा राखिएको क्युआर कोड स्क्यान गर्दा नेपाल मेडिकल काउन्सिलको वेवसाइटमा गई व्यक्तिको सम्पूर्ण विवरण हेर्न सकिनेछ ।

‘अहिलेसम्मको कार्डमा यस्तो व्यवस्था थिएन । तर अब हामी डिजिटल भर्सनमा जाँदैछौ । अब जारी हुने कार्डमा व्यक्तिको विवरण त हुन्छ नै क्युआर कोड सिस्टम स्क्यान गर्दा काउन्सिलको वेवसाइटमा रहेको विवरण खुल्छ । यसले कोही व्यक्तिले दर्ता नं बारेमा शंका लाग्यो भने पनि स्क्यान गरेर आधिकारिक हो होइन भनेर प्रमाणित गर्न सकिन्छ,’ उनले भने ।  पहिलेको कार्डमा नाम दर्ता नम्बर र ठेगाना मात्रै रहेको तर अब जारी हुने कार्डमा क्यु आर कोर्ड स्क्यान गर्ने वित्तिकै शुरु देखि अन्तिमसम्मको योग्यता विवरण हेर्न मिल्ने समेत उनले बताए ।

पछिल्लो समय नेपाल मेडिकल काउन्सिलले आफूलाई फुल डिजिटल भर्सनमा अपग्रेड गर्दै गएको जनाएको छ । उसले यसपटक देखि नाम दर्ता (लाइसेन्स) परीक्षा समेत कम्प्युटर प्रविधिबाट गर्ने भन्दे पुल्चोकस्थित नेपाल इन्जिनियरिङ अध्ययन् संस्थानसंग सम्झौँता गरेको छ ।

यसअघि लाइसेन्स परीक्षा नेपाली सेनाको स्वास्थ्य विज्ञान संस्थानमा हुने गरेकोमा अबको परीक्षा पुल्चोकस्थित नेपाल इन्जिनियरिङ क्याम्पसको परीक्षा हलमा हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *