कोरोना जितेर एकैदिनमा १७०५ जना डिस्चार्ज

पाल्पा पूर्वखोलास्थित गणपति मावि आइसोलेसनमा २१ दिन बसेपछि डिस्चार्ज भएका कोरोना संक्रमितहरु । तस्बिर : मोहन ढकाल

काठमाडौँ, २९ असार । पछिल्लो चौविस घण्टामा देशका विभिन्न स्थानका आइसोलेसनमा रहेका एक हजार ७०५ जना जनाले कोरोना जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा गएको २४ घण्टामा एक हजार ७ सय ५ जना संक्रमित डिस्चार्ज भएको जानकारी दिए।

यो संख्या २४ घण्टाको अवधिमा धेरै डिस्चार्ज भएको अहिलेसम्मकै सबैभन्दा बढी हो । योसँगै डिस्चार्ज हुने संक्रमितको संख्या १० हजार २ सय ९४ पुगेको छ।

गणपति मावि आइसोलेसनमा २१ दिन बसेपछि सोमबार डिस्चार्ज भएका तत्कालिन कोरोना संक्रमितहरु

अब आइसोलेसनमा ६ हजार ६ सय १३ जना संक्रमित छन्।

प्रवक्ता डा गौतमले आजको संख्या सहित कोरोना मुक्त हुनेको प्रतिशत ६०.७ रहेको जानकारी दिए ।

त्यसो त सरकारले १४ दिन अस्पताल बसेका र लक्षणविहीन संक्रमितलाई परीक्षणबिना पनि घर पठाउन सक्ने नयाँ निर्देशिका जारी गरेपछि डिस्चार्ज हुनेको संख्या ह्वात्तै बढेको हो।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *