टोखाका तीन स्थानीय सहित चार जनामा कोरोना संक्रमण

4
Share

काठमाडौं, २८ असार । टोखा नगरपालिका -६,  हरियालीवस्तीका तीन स्थानीय सहित चार जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले गत साता समुदायमा कोराना भाइरसको संक्रमण छ कि छैन् भनि उपत्यकाका विभिन्न १२ स्थानबाट एक एक सयका दरले पीसीआर परीक्षणका लागि नमूना संकलन गरेको थियो । सो क्रममा टोखाको हरियाली वस्तीबाट समेत नमूना लिइएको थियो ।

इडिसिडिका ल्याब टेक्नोलोजिष्ट धनप्रसाद पौडेलले हरियाली वस्तीबाट एक सय बढीको नमूना ल्याइ जाँच गर्दा तीन जना स्थानीय सहित चार जनामा कोरोना पोजेटिभ आएको बताए । उनले भने, ‘एक जना कैलालीबाट आएर क्वारेन्टिनमा बसेको व्यक्ति हुनुहुँदो रहेछ । तीन जना भने स्थानीय बासी नै हुनुहुन्छ । कुल चार जनामा पोजेटिभ देखियो ।’

इडिसिडीले यसअघि कन्ट्याक्ट ट्रेसिङमा स्रोत नखुलेका विभिन्न स्थानका केशहरुलाई आधार मानी त्यस स्थानका कम्तीमा एक सयका दरले नमूना संकलन गरेको हो ।

यसैबीच काठमाडौँ महानगरपालिका वडा नं २९ डिल्लीबजार क्षेत्रबाट संकलित २०० वटा नमूनाको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । वडाअध्यक्ष कुस ढकालले सबै नमूनाको रिपोर्ट नेगेटिभ आएको जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *