कर्णालीमा थपिए २० जना कोरोना संक्रमित

0
Shares


सुर्खेत, २४ असार । कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा २० जना कोरोना भाइरस (कोभिड-१९)का संक्रमित थपिएका छन् ।

सुर्खेतस्थित प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा भएको परीक्षणबाट थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार सुर्खेतका १३ जना, दैलेखका पाँचजना र मुगुका दुईजना रहेका छन् ।

यो संगै कर्णाली प्रदेशमा कुल संक्रमितको संख्या १ हजार ५५० पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा १६ जना डिस्चार्ज भएका छन् ।

योसँगै कर्णालीमा डिस्चार्ज हुनेको संख्या १ हजार २९१ पुगेको छ ।  आइसोलेनमा २५३ जना उपचाररत छन् भने अहिलेसम्म ६ जनाको मृत्यु भएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *