चीन र भारतमा अध्ययनरत दुई नेपाली चिकित्सकद्धारा ‘कोभिड-१९’ सम्वन्धी संयुक्त अनुसन्धान

काठमाडौँ, २३ असार । यतिवेला नोवेल कोरोना भाइरस (कोभिड – १९) को अध्ययन् अनुसन्धानमा संसार भरिका अनुसन्धानकर्ताहरु लागेका छन् । नेपाल स्वास्थ्य अनुसन्धान परिषदले पनि कोभिड-१९ को अनुसन्धानलाई प्राथमिकतामा राखेको छ।

यसैबीच दुई नेपाली चिकित्सकले कोभिड – १९ को अनुसन्धानमा महत्वपूर्ण अन्तराष्ट्रिय सफलता प्राप्त गरेका छन् । नेपाली चिकित्सकद्धय डा. दिपेशकुमार यादव र डा. एकानन्द सिंहले कोभिड – १९को सन्दर्भमा नयाँ सफलता प्राप्त गरेका हुन् ।

ग्यास्ट्रोइन्टरोलोजी र हेपाटोलोजी सम्वन्धी विश्वकै प्रतिष्ठित जर्नल “GUT” मा प्रकाशितका लागि स्वीकृति पाएको उनीहरुको अनुसन्धानको किसिम मेटा एनालाइसिस हो ।

जो अहिलेको साक्ष्य आधारित चिकित्सा (Evidence Based Medicine) मा सर्वोच्च स्थान राख्दछ । विश्व स्वास्थ्य संगठन वा अन्य कुनै संस्था वा देशहरुले गाइडलाइन बनाउदा यस्तै खालका अनुसन्धानहरुलाई आधारमानेर बनाउने गरेको डा सिंह बताउँछन् ।

डा सिंहका अनुसार यो अनुसन्धानमा कलेजोमा कोभिड-१९ को संग्लनता र उक्त बिरामीको उपचारको बेला चिकित्सकहरुले अपनाउनुपर्ने सावधानीहरु उलेख छ।

कोभिड- १९ रोग नयाँ रोग भएकोले मानव शरीरको फोक्सो बाहेक अन्य अंगहरुमा यस रोगको सम्लग्नता र प्रभावबारे चिकित्सकहरु अनभिग्य रहेकाले यी बिरामीहरुमा कलेजोमा हानी (liver injury) हुँदा यसको उपचारमा उच्च सावधानी अपनाउनु पर्ने उल्लेख छ।

यस रोगमा २७ प्रतिशत बिरामीको लिवर इन्जुरी हुने गरेको र कलेजोका दीर्घ रोगीहरुमा यस रोगको गंभीरता र मृत्यु दर क्रमशः ६.६ प्रतिशत र ९.१ प्रतिशत हुने गरेको छ। त्यसैले उपचारमा सम्लग्न चिकित्सकहरुले लिभर इन्जुरी भएका कोभिड -१९ का बिरामीहरुलाई उच्च साबधानीका साथ उपचार गर्नु पर्ने सल्लाह दिएका छन्। त्यस्तै कलेजोका दीर्घ रोगीहरुमा कोभिड-१९ रोगको जोखिम बढी रहेको उक्त अनुसन्धानमा उल्लेख छ ।

त्यसैले उपचारमा संग्लन चिकित्सकले यस्ता बिरामीहरुलाई धेरै साबधानीअपनाउनुपर्ने सुझाव दिइएको छ । यस रोग को उपचारमा प्रयोग हुने एन्टीभाइरल औषधि, जस्तै : Lopinavir / Ritonavir को प्रयोगले गर्दा पनि लिवर इन्जुरी भएको अनुसन्धानमा देखिएको छ।
संसारकै प्रतिष्ठित जर्ननलमा प्रकाशित यो अनुसन्धान नेपाल र नेपालीका लागि गर्वको करा हो भन्दै डा सिंहले अघि थपे यसले नेपाली चिकित्सकहरुलाई समेत अवश्य अनुसन्धानमा उत्प्रेरित गर्ने छ ।

अनुसन्धानमा सम्लग्न डा यादव र डा सिंह हेपाटोबिलियरि र कलेजो प्रत्यारोपण शल्यचिकित्सकमा पोस्ट डकटरेट (पिएचडि पछि) का लागि क्रमश चीनको चच्यांग विश्वविद्यालय र भारतको नयाँदिल्ली स्थित अपोलो अस्पतालमा कार्यरत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *