दैलेखको नारायण नगरपालिकाका २ जना जनप्रतिनिधि र कर्मचारीसहित ९ जनामा कोरोना संक्रमण

सुर्खेत, २२ असार । दैलेखको नारायण नगरपालिकाका २ जना जनप्रतिनिधि र ७ जना कर्मचारीसहित ९ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ । 

जिल्ला अस्पताल दैलेखको प्रयोगशालामा पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमण पुष्टि हुनेमा एक महिला जनप्रतिनिधि र एक वडा अध्यक्ष रहेको दैलेख अस्पतालका कोरोना फोकलपर्सन थिरप्रसाद रेग्मीले जानकारी दिए ।

उनका अनुसार ७ जना कर्मचारीमा पनि कोरोना संक्रमण देखिएको छ र उनीहरुको अवस्था सामान्य छ । संक्रमित कर्मचारीहरु होम आइसोलेसनमा छन् । दुई जना जनप्रतिनिधिहरु भने दैलेख अस्पतालको आइसोलेसनमा उपचार गराइरहेका छन् ।

नगरपालिकाले असार १४ र १६ गते दुई चरणमा ४८ जना जनप्रतिनिधि र कर्मचारीहरुको स्वाब संकलन गरेको थियो । ४८ जनाको पीसीआर परीक्षण गर्दा ९ जनामा संक्रमण पष्टि भएको हो ।

यो सहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ४९८ पुगेको छ ।

त्यसैगरी कर्णाली प्रदेशमा निको भएर घर फर्किनेको संख्या १ हजार २३१ पुगेको छ भने अहिलेसम्म मृत्यु हुनेको संख्या ६ रहेको छ । आइसोलेसनमा २६१ जना उपचाररत छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *