काठमाडौँ उपत्यकामा थपिए ३० जना कोरोना संक्रमित

4
Share

काठमाडौँ, २१ असार । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा २७ जना, ललितपुरमा २ जना र भक्तपुरमा १ जना कोरोना संक्रमित देखिएका छन्।

हालसम्म उपत्यकाका काठमाडौँमा १३० जना, ललितपुरमा १९ र भक्तपुरमा २९ जनामा कोरोना संक्रमित देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशभर २९३ जना संक्रमित थपिएका छन्। यो संगै कूल संक्रमितको संख्या १५ हजार ७ सय ८४ पुगेको छ।

पछिल्लो २४ घण्टामा थप १३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ५४७ पुगेको छ।

देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ९ हजार २०३ जना उपचाररत छन् ।

हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३५ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *