देशभर थपिए २३२ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या १५ हजार ४९१

0
Shares

काठमाडौँ, २० असार । पछिल्लो चौविस घण्टामा देशभर थप २३२ जनामा कोरोना भाइरस (कोभिड- १९) संक्रमण देखिएको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २३२ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा २३२ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ। मन्त्रालयका अनुसार देशभरका सबै जिल्ला संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप २७२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या ६ हजार ४१५ पुगेको छ।

देशभरका बिभिन्न अस्पतालका आइसोलेशनमा ९ हजार ४२ जना उपचाररत छन् ।

त्यसैगरी आज कोरोना संक्रमणबाट थप २ को मृत्यु भएको छ । यो संगै हालसम्म देशभर कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *