चौविस घण्टामा देशभर थपिए ५९३ जना कोरोना संक्रमित, कुल संक्रमितको संख्या ११ हजार ७५५

0
Shares


काठमाडौँ, १२ असार । पछिल्लो चौविस घण्टामा देशभर थप ५९३ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ५९३ जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या संख्या ११ हजार ७ सय ५५ पुगेको छ।

मन्त्रालयका अनुसार संक्रमित हुने जिल्लाहरु ७६रहेका छन् । अहिलेसम्म देशभरका जिल्ला मध्ये रसुवा जिल्लामा मात्र कोरोना संक्रमण देखिएको छैन ।

पछिल्लो २४ घण्टामा थप ४८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको कुल संख्या २ हजार ६९८ पुगेको छ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *