गण्डकीमा थपिए २५ कोरोना संक्रमित
काठमाडौँ, १२ असार । गण्डकी प्रदेशका ४ जिल्लामा शुक्रबार विहान २५ जना कोरोना संक्रमित थपिएका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार तनहुँ, स्याङ्जा, बागलुङ र नवलपरासी पूर्वमा संक्रमण देखिएको हो ।
निर्देशनालयका अनुसार तनहुँको व्यास नगरपालिकामा २ जना पुरुष, स्याङ्जाको कालिगण्डकी गाँउपालिकामा एक जना पुरुष, बागलुङ बरेङ गाउपालिकामा एक जना पुरुषमा संक्रमण देखिएको हो ।
यस्तै पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा ७ जना पुरुष, कावासोती नगरपालिकामा १२ पुरुष र २ महिला गरी १४ जना समेत गरी कुल २५ जनामा संक्रमण देखिएको हो ।
यो सहित गण्डकी प्रदेशमा कुल संक्रमितको संख्या ७९२ पुवेको छ ।
नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।




नेपाली हेल्थ 



