‘टेष्टिङ क्राइटेरिया’मा नपरेकाको वीर अस्पतालले शुरु गर्‍यो कोरोना परीक्षण

काठमाडौँ, ९ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टेष्टिङ क्राइटेरिया नपरेका व्यक्तिहरुको वीर अस्पतालले स:शुल्क (पैसा तिरेर) रुपमा कोरोना भाइरस (कोभिड – १९) परीक्षण शुरु गरेको छ । अस्पतालले गत आइतबारबाट स:शुल्क रुपमा परीक्षण शुरु गरेको हो । पीसीआर विधिबाट गरिने परीक्षणका लागि व्यक्तिले ५ हजार ५ सय रुपैयाँ तिर्नु पर्छ ।

‘खास गरी भिसा तथा मेडिकल रिपोर्ट लिन पर्नेहरुका लागि यो व्यवस्था गरिएको हो । नियमित परीक्षण क्षमतामा २५ प्रतिशत नबढ्ने गरी सशुल्क परीक्षणको व्यवस्था मिलाइएको छ,’ अस्पतालका निर्देशक डा केदार सेन्चुरीले भने ।

पछिल्लो समय कुटनीतिक नियोगका कर्मचारी, भिसा प्रक्रियाका लागि, तथा मेडिकल रिपोर्ट बुझाउन पर्नेहरुका लागि भन्दै सरकारले टेष्टिङ क्राइटेरिया भित्र नपरेकाहरुलाई पनि पैसा तिरेर सशुल्क परीक्षण गराउन सकिने व्यवस्था गरेको थियो । त्यस्तो परीक्षण वीरका अतिरिक्त पाटन र त्रिवि शिक्षण अस्पतालमा पनि गर्न पाइनेछ ।

त्यसका लागि व्यक्तिले प्रति परीक्षण ५ हजार ५ रुपैयाँ तिर्नुपर्नेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

Leave a Reply

Your email address will not be published. Required fields are marked *