भारतमा एकैदिनमा १३ हजारभन्दा बढी कोरोना सङ्क्रमित

0
Shares


नयाँदिल्ली ५ असार । भारतमा शुक्रबार एकैदिनमा अहिलेसम्मकै सवैभन्दा धेरै कोरोना सङ्क्रमित भएको विवरण सार्वजनिक भएको छ । सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार भारतमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट १३ हजार ५८६ जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी सोही अवधिमा कोरोना भाइरसका कारण ३३६ जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । देशभरी अहिलेसम्म कोरोनाभाइरसबाट कुल सङ्क्रमितको संख्या ३ लाख ८० हजार ५३२ पुगेको मन्त्रालयको तथ्यांक छ ।

ती कुल सङ्क्रमित मध्ये एक लाख ६३ हजार २४८ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने अरु दुई लाख चार हजार ७११ जना सङ्क्रमणमुक्त भएका छन् । प्रदेशअनुसार हेर्दा भारतमा सवैभन्दा

धेरै सङ्क्रमित महाराष्ट्र प्रदेशमा रहेका छन् । महाराष्ट्रमा अहिलेसम्म कुल एक लाख २० हजार ५०४ जना सङ्क्रमित भएका छन् । त्यसैगरी दोस्रो धेरै सङ्क्रमित रहेको तमिलनाडु प्रदेशमा ५२ हजार ३३४ जना र दिल्ली प्रदेशमा ४९ हजार ९७९ जना सङ्क्रमित भएका छन् । रासस/एएनआई

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *