स्वास्थ्य तथा जनसंख्या बैज्ञानिकहरुको छैटौँ राष्ट्रिय शिखर सम्मेलन २२ र २३ असारमा

काठमाडौँ, ३ असार । स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको छैटौँ राष्ट्रिय शिखर सम्मेलन आगामी २२ र २३ असार (६ र ७ जुलाई) मा हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा हुने यो सम्मेलन यसपटक ‘भर्चुअल’ विधिबाट हुने भएको हो ।

परिषद्ले आफ्नो स्थापना दिवसको अवसर पारी हरेक बर्ष १० देखि १२ अप्रिलमा यो सम्मेलन गर्दै आएको थियो । यसपटक कोरोना भाइरसको विश्वव्यापी महामारीसंगै देशमा जारी लकडाउनका कारण गत २८ देखि ३० चैत (१० देखि १२ अप्रिल)का लागि तय भएको यो सम्मेलन अन्तिम समयमा आएर स्थगित भएको थियो ।

परिषद्का कार्यकारी सदस्यसचिव डा प्रदीप ज्ञवालीले कोरोनाको महामारी र जारी लकडाउनका कारण पूर्व निर्धारित समयमा सम्मेलन गर्न नसकिएको स्पष्ट पार्दै अब भने विधि परिवर्तन गरी सम्मेलन आयोजना गर्न लागिएको बताए । उनले दुई दिनसम्म चल्ने सम्मेलन यसपटक पुरै ‘भर्चुअल’ विधिबाट चल्ने बताए ।

सम्मेलनमा यसपटक पनि नयाँ अनुसन्धान, बैज्ञानिक कार्यपत्रका प्रस्तुतिहरु हुनेछन् । अवार्ड पनि गरिनेछ । तर यी सबै ‘भर्चुअल’ माध्यमबाट हुनेछन् ।

कोरोना र लकडाउनका कारण अघिल्ला बर्षहरुमा जस्तो भौतिक रुपमा एक ठाँउमा भेला भएर सम्मेलन गर्न सकिदैन् तर अत्याधुनिक डिजिटल प्रविधिको प्रयोगद्धारा हुनेछ उनले भने । परिषद्ले यस पटक शिखर सम्मेलनको नारा ‘एड्रेसिङ इमरजिंङ पब्लिक हेल्थ इस्युज थ्रुद इन्टरडिसिप्लिनरी रिसर्च’ तय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *