पछिल्लो चौविस घण्टामा देशभर थपिए ३८०जना कोरोना संक्रमित

काठमाडौँ, २ असार । पछिल्लो चौविस घण्टामा देशका विभिन्न जिल्लाका थप ३८० जनामा कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले चौबिस घण्टामा ३८० जनामा संक्रमण देखिएको बताए ।

यो संगै नेपालमा कुल संक्रमितको संख्या ६ हजार ५९१ पुगेको छ ।

मन्त्रालयका अनुसार नयाँ संक्रमितहरु पोखरा, पर्सा,, ललितपुर, बारा, महोत्तरी सुनसरी, झापा, पाँचथर , सिराहा जनकपुर दैलेख, सुर्खेत, कैलाली, बाँके, बर्दिया, सप्तरी,अर्घाखाँचीमा, रोल्पा रोतहट नवलपरासीपूर्व,घनुषा , सल्यान रुपन्देही, लगायतका ७३ जिल्ला रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ११७ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। यो सहित डिस्चार्ज हुनेको संख्या ११५८ पुगेको छ।

कुल संक्रमितमध्ये १९ जनाको मृत्यु भएको छ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *