कर्णालीमा आज थप ९ जनामा कोरोना संक्रमण

0
Shares


सुर्खेत,२ असार । कर्णाली प्रदेशमा आज थप ९ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ ।

सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अनवेषण प्रयोगशाला  केन्द्र सुर्खेतमा भएको परीक्षणमा मंगलवार थप ९ जनामा कोरोना पुष्टि भएको हो ।

थपिएका संक्रमितमध्ये दैलेखका ५ र सुर्खेतका ४ जना जसमा १ महिला र ८ जना पुरुष रहेको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए । यो सँगै कर्णालीमा संक्रमितको संख्या १ हजार ८६ पुगेको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *