भारतमा एकैदिनमा ११ हजार जना कोरोना संक्रमित, कुल संक्रमित तीन लाख नाघे


नयाँदिल्ली, ३१ जेठ । भारतमा दैनिक संक्रमितको संख्या बढ्दै जाने क्रममा ११ हजार पुगेको छ । शुरु शुरुमा दैनिक संक्रमितको संख्या थोरै हुने गरेको भएपनि हरेक दिन अघिल्लो दिनभन्दा बढी संक्रमितको संख्या सार्वजनिक भएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार दिएको जानकारीअनुसार शनिबार बिहानसम्ममा एकैदिनमा ११ हजार ४५८ जना संक्रमित भएका छन् । एकैदिनमा संक्रमित भएकाहरुको संख्या यो अहिलेसम्मकै सवैभन्दा धेरै रहेको पनि स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण भारतमा ३८६ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । भारतमा कोरोनाभाइरसबाट संक्रमितहरुको कुल संख्या अहिले ३ लाख ८ हजार ९९३ पुगेको छ ।

कुल सङ्क्रमित मध्ये १ लाख ४५ हजार ७७९ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन् भने १ लाख ५४ हजार ३३० जना क्रमण मुक्त भएका छन् । मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार भारतमा अहिलेसम्म कोरोनाभाइरसका कारण मृत्यु भएकाहरुको संख्या ८ हजार ८८४ पुगेको छ ।

भारतमा प्रदेश अनुसार हेर्ने हो भने सवैभन्दा धेरै महाराष्ट्र प्रदेशमा संक्रमित रहेका छन् । त्यस प्रदेशमा १ लाख १ हजार १४१ जना सङ्क्रमित भएका छन् । दोस्रो धेरै रहेको तमिलनाडु प्रदेशमा ४० हजार ६९८ जना र तेस्रो धेरै संक्रमित रहेको दिल्ली प्रदेशमा ३६ हजार ८२८ जना सङ्क्रमित रहेका छन् ।   रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *