डब्लुएचओबाट बाहिरिने ब्राजिलका राष्ट्रपतिको चेतावनी

राष्ट्रपति जैर बोल्सोनारो

रियो डि जानेरियो, २४ जेठ । ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोले आफ्नो देश विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) बाट बाहिरिने चेतावनी दिएका छन् । कोरोना संक्रमण बढी रहका बेला ब्राजिलले लकडाउन खुल्ला गरेर गतल गरेको भन्ने डव्लुएचओले टिप्पणी गरेपछि ब्राजिलियन राष्ट्रपति बोल्सोनारोले यस्तो चेतावनी दिएका हुन् ।

उनले भनेका छन् , ‘डब्लुएचओले अहिलेकै जस्तै व्यावहार जारी राखिरहयो भने ब्राजिल डब्लुएचओबाट बाहिरिन पनि पर्न सक्दछ ।’  उनले डब्लुएचओलाई राजनीतिक प्रभावमा परेर त्यस्तै प्रकारको भूमिका खेल्न लागेको आरोप लगाए ।

लकडाउन खुल्ला गरेकाले ब्राजिलमा कोरोना भाइरसबाट संक्रमितहरुको संख्या अत्याधिक बृद्धि भएको भन्दै डब्लुएचओले चिन्ता व्यक्त गरेको थियो । उसले सामाजिक दुरी कायम राख्ने कुरालाई बढी ख्याल गर्न पनि ब्राजिललाई आग्रह गरेको थियो । डब्लुएचओको यहि टिप्पणीप्रति ब्राजिलियन राष्ट्रपति आक्रोसित भएका हुन् ।

त्यसो त राष्ट्रपति बोल्सोनारोले आफ्नो कुरामा असहमति र फरक मत राखेका तत्कालिन स्वास्थ्य मन्त्रीलाई पनि बर्खास्त गरेका थिए । तत्कालिन स्वास्थ्य मन्त्री लकडाउनको पक्षमा कडा रुपमा उभिएका थिए । तर देशमा लकडाउन गर्न नहुने पक्षमा रहेका राष्ट्रपतिले उनलाई सिधै बर्खास्ती गरेका थिए ।

लकडाउन खुकुलो बनाएकै कारणले ब्राजिल अहिले अरु धेरै देशहरुलाई समेत उछिनेर कोरोना भाइरसबाट संक्रमित हुने दोस्रो धेरै संख्या रहेको देशमा पुगेको छ । पछिल्लो विवरण अनुसार ब्राजिलमा अहिलेसम्म ६ लाख ४६ हजार ६ जना सङ्क्रमित भएका छन् भने, ३५ हजार ४७ जनाको मृत्यु भइसकेको छ ।

सवैभन्दा धेरै संक्रमित र मानवीय क्षति भएको संयुक्त राज्य अमेरिकाले पनि यसअघि नै डब्लुएचओबाट बाहिरिने घोषणा गरेको थियो भने डब्लुएचओलाई दिदै आएको सहयोग कटौती गरेको थियो ।

अमेरिकाको निर्णय आएको केही हप्तापछि दोस्रो धेरै संक्रमित र मानवीय क्षति भोगेको ब्राजिलले पनि उस्तै चेतावनी दिएपछि विश्वभरी नै नयाँ तरंग सृजना गरेको छ ।रासस/एएनआई

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *