कोरोना भाइरसबाट विश्वमा ३ लाख ६२ हजार भन्दा बढीको मृत्यु, ५९ लाख संक्रमित


जेनेभा स्वट्जरल्याण्ड, १६ जेठ । कोरोना भाइरस(कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ३ लाख ६२ हजार ३६८ पुगेको छ भने, संक्रमितको संख्या ५९ लाख २० हजार २५८ पुगेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)आफ्नो दैनिक विज्ञप्तिमा जानकारी दिएको छ ।

नेपाली समयानुसार शुक्रबार अपराह्नसम्म प्राप्त समाचारअनुसार कोरोना भाइरसको कारण बिरामी भएका २५ लाख ९२ हजार २४ जना निको भएका छन्। । विश्वभरीमा २९ लाख ६५ हजार ८४२ हाल कोरोना भाइरस सक्रमित उपचाररत रहेका छन् ।

हालसम्म कोरोना भाइरस संक्रमित ५३ हजार ९७१ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । चीनको हुबे प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणको कारण अमेरिकालाई अत्यन्त प्रभावित पारेको छ ।

डब्लुएचओका अनुसार संयुक्त राज्य अमेरिकामा मात्र १७ लाख ६८ हजार ४६१ जनामा कोरोना भाइरस संक्रमण रहेको छ । यस प्रकोपको कारण अमेरिकामा १ लाख ३ हजार ३३० व्यक्तिको मृत्यु भएको छ ।

दक्षिणमा अमेरिकामा ७ लाख ५८ हजार १०७ जना कोरोना भाइरस संक्रमति रहेका छन् । यहाँ ३६ हजार ७४६ को मृत्यु भएको छ । युरोपमा १९ लाख ७९ हजार ११९ जना कोरोना भाइरस संक्रमित रहेका छन् भने, १ लाख ७१ हजार ८२९ को मृत्यु भएको छ ।

एसियामा १० लाख ५६ हजार ६९० जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने, २९ हजार २२० जनाको मृत्यु भएको छ । अफ्रिकामा १ लाख ३१ हजार ७६० जनामा कोरोना भाइरस संक्रमण रुहेको छ भने, ३ हजार ८१४ जनाको मृत्यु भएको छ ।

ओसियानामा ८ हजार ७७४ जनामा कोरोना भाइरस संक्रमण रहेको छ भने १२५ जनाको मृत्यु भएको छ । । विश्व स्वास्थ्य संगठनले गत मार्च ११ मा कोरोना भाइरसलाई विश्व महामारीको नाम दिइसकेको छ ।   रासस /एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *