काठमाडौँ सहित ६ जिल्लाका १२ जनामा कोरोना संक्रमण, कुल संक्रमितको संख्या ६०३ पुग्यो

काठमाडौँ, ११ जेठ ।  देशका विभिन्न जिल्लामा थप १२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले भने रुपन्देही, कपिलवस्तु र गुल्मीको संक्रमितको हिजो आएको रिपोर्ट समेत जोडेर थप १९ जना भनेको छ ।

कोरोनाबारे मन्त्रालयले गर्ने नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा विकास देवकोटाले काठमाडौँ, मोरङ, बारा, पर्सा, नुवाकोट, सर्लाही जिल्लामा नयाँ संक्रमण रहेको बताए ।

उनले विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा बाह्रदशी मोरङका एक जना ४५ बर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको बताए ।

यस्तै राष्टिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँ सोह्र खुट्टेका ६० बर्षका पुरुष, बारा कलैयाका ३२ बर्षिय पुरुष, पर्सा बीरगञ्जका २५ बर्षिय पुरुष, बाराकै ३४ बर्षिय पुरुष, पर्साका ६९ बर्षका पुरुष, बाराका ३२ बर्षका पुरुष र सर्लाहीका ४८ बर्षका पुरुष, रुपन्देही सम्मारीमाई ५ का ४० र ५० बर्षका पुरुष, रुपन्देही १ का ३२ बर्षका पुरुष र नुवाकोट ककनीका ३९ बर्षका पुरुष रहेका छन् ।

यो संगै कुल संक्रमितको संख्या ६०३ पुगेको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *