स्तन र पाठेघरको मुखको क्यान्सरको उपचारमा दिइने सहुलियत ३ लाख पुर्‍याउने प्रस्ताव

काठमाडौँ, २ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक बर्ष देखि महिलामा हुने स्तन र पाठेघरको मुखको क्यान्सर तथा बालबालिकामा हुने क्यान्सरको उपचारमा दिदै आउको १ लाख सम्मको सहुलियत बढाएर ३ लाख पुरयाउने प्रस्ताव गरेको छ । त्यसका लागि १ अर्व ५० करोड रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।

यस्तै थालासेमिया, हिमोफिलिया, अप्लाष्टिक एनियमिया र स्ट्रोक जस्ता कडा रोग लागेका विपन्न नागरिकलाई निशुल्क स्वास्थ्य विमामा आवद्ध गर्ने प्रस्ताव राखेको छ । त्यसका लागि १ करोड ५० लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।

यस्तै स्थानीय तहका सबै वडास्थित स्वास्थ्य संस्थाहरुमा ४० बर्ष माथिका करीब ७० लाख नागरिकको ६ महिनाको एक पटक पिसावमा अबलुमिन र ग्लुकोज तथा रगतमा ग्लुकोज निशुल्क जाँचको व्यवस्था मिलाउने प्रस्ताव गरेको छ । त्यसका लागि ६० करोड बजेट प्रस्ताव गरेको छ ।

यस्तै स्थानीय स्वास्थ्य संस्थाबाट ७० बर्ष माथिका जेष्ठ नागरिकलाई घरमै गई स्वास्थ्य सेवा प्रदान गर्ने योजना अघि सारेको छ । यसका लागि २ करोड ५० लाख रुपैयाँ बजेट प्रस्ताव गरेको छ ।

मन्त्रालयले यी प्रस्तावहरु आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा समेटन प्रस्ताव गरेको हो । यी प्रस्ताव आउने छ कि छैन त्यो आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम सुनेपछि मात्रै थाह हुनेछ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *