कोरोना आशंका : आरोग्य र निदान अस्पताल ‘डिस-इन्फेक्सन’ गर्ने तयारी

काठमाडौँ, ३१ बैशाख । भक्तपुर निवासी कोरोना संक्रमित महिला ललितपुरको आरोग्य प्रतिष्ठानमा प्रशासन तर्फ काम गर्ने कर्मचारी भएपनि उनी लकडाउन पछि कार्यालय नआएको बुझिएको छ ।

तर कन्ट्याक्ट ट्रेसिङका क्रममा त्यहाँ कार्यरत दुई जना अरु कर्मचारी उनको सम्पर्कमा रहेको थाह भएपछि स्थानीय प्रशासनले अहिले प्रतिष्ठान र संगै जोडिएको निदान अस्पतालमा सिल गरेको छ । अहिले ती दुई कर्मचारीबाट समेत कन्ट्याक्ट ट्रेसिङ गर्न थालिएको र अस्पताललाई डिसफङ्सन गर्ने तयारी भइरहेको छ ।

‘खासमा उनी आरोग्य प्रतिष्ठानको एमडिन तर्फ काम गर्ने कर्मचारी हुन् । लकडाउन अघि घर गएकी थिइन । लकडाउन लम्बिदै जाँदा लामो समय उतै रोकिइन । गत सोमबार सुनसरीबाट उनी पास बनाएर काठमाडौँ आएकी हुन् । उनी उताबाट आएपछि प्रष्तिठानको एम्बुलेन्सले उनलाई सिधै स्वाव परीक्षणको लागि टेकु लिएर गयो । स्वाव दिएर फेरी भत्तपुर फर्कायो र एम्बुलेन्स पुल्चोक नै आयो । कर्मचारीहरु सोमबार र मंगलबार पनि नियमित काममा खटिए । तर हिजो बेलुका उनको रिपोर्ट पोजेटिभ आयो । त्यसपछि खैलाबैला भयो,’ प्रतिष्ठान स्रोतले भन्यो ।

निदान अस्पतालका सीईओ बिपेन्द्र प्रधानले प्रतिष्ठान र निदान एउटै कम्पाउण्डमा भएको र प्रतिष्ठानमा कार्यरत दुई जना स्टाफहरु अहिले संक्रमण पुष्टि भएकी महिलाको परीक्षण कार्यका लागि टेकु लाने ल्याउने कार्यमा सहभागी भएको पाइएकोले थप सतर्कताका लागि अहिले बन्द गरिएको बताए । उनले ती दुई स्टाफसंगको सम्पर्कमा रहेकाहरुको विवरण संकलन भइरहेको पनि बताए ।

संक्रमित महिलालाई भने टेकु अस्पतालमा भर्ना गरिएको छ ।

यसअघि संक्रमित महिला सुनसरीबाट आएर भक्तपुरस्थित साथीको डेरामा बसेकी थिइन । उनको ती साथी भक्तपुरको मानवअंग प्रत्यारोपण केन्द्रमा काम गर्ने नर्स रहेको बताइएको थियो । त्यसैले आज विहान केहीबेर मानवअंग प्रत्यारोपण केन्द्र समेत सिल गरिएको थियो ।

तर उनी २६ बैशाख देखि विदामा रहेको र अस्पताल नआएको भन्ने पुष्टि भएपछि अहिले त्यहाँको सिल खुल्ला गरिएको र नियमित रुपमा सेवा सञ्चालन भइरहेको अस्पताल प्रशासनले जानकारी दिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *