३० हजार थान पीसीआर टेष्ट किट स्वास्थ्यलाई हस्तान्तरण

स्वीस सरकार विकास सहयोग (एसडिसी) का प्रतिनिधिबाट स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पिसिआर किट हस्तान्तरण गर्दै : रत्न श्रेष्ठ

काठमाडौँ, २५ बैशाख । नेपाल एयरलायन्सको वाइडवडी विमानमा आएको ३० हजार थान पीसीआर टेष्ट किट स्वीजरल्याण्ड सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।

केही बेर अघि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेर स्वीस राजदूत एलिजावेथ भोन क्यापलरले स्वास्थ्य स्वास्थ्य मन्त्री भानुभक्त ढकाललाई पीसीआर टेष्टकिट तथा अन्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

सो अवसरमा उनले स्वीट्जरल्याण्डले नेपाल सरकारको कोभिड – १९ को रोकथाम ततथा नियन्त्रणको प्रयासमा निरन्तर सहयोग गर्ने बचनबद्धता प्रकट गरिन ।

स्वास्थ्य मन्त्री ढकालले महामारीको संकट समाधान गर्न स्वीस सरकारको सहयोग महत्वपूर्ण भएको बताए ।

सिंगापुरमा रहेको सामग्रीलाई बुधबार स्थल मार्गबाट मलेसियाको क्वालालम्पुर ल्याई चार्टड उडानको रुपमा अष्ट्रेलिया जाँदै गरेको नेपाल एयरलायन्सको विमानमा हिजो नै लोड गरिएको थियो ।

‘रिफ्युलिङ’को लागि क्वालालम्पुर अवतरण गरेका बेला सामान विमानमा राखिएको थियो । आज विमान अष्ट्रेलियाको सिड्नीबाट सिधै काठमाडौँ आएको थियो ।

पीसीआर किट आएसंगै रोकिने अवस्थामा पुगेको परीक्षणले पुन: गति लिने विश्वास गरिएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *