पाटन अस्पतालबाट कोरोनामुक्त भएका एक व्यक्तिमा पुन: संक्रमण
काठमाडौँ, २३, बैशाख । पाटन अस्पतालबाट कोरोना मुक्त भएका सनसिटी अपार्टमेन्टमा बस्ने एक जनामा पुन कोरोना संक्रमण देखिएको छ । डिस्चार्ज भएको ११ दिनपछि पीसीआर विधिबाट परीक्षण गराउँदा ५८ बर्षिय पुरुषमा पुन: कोभिड – १९ पोजेटिभ देखिएको हो ।
उनको फलोअप आउँदा पुन परीक्षण गरिएको थियो । स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार उनलाई अहिले पाटन अस्पतालको आइसोलेसनमा राखिएको छ । उनी र उनकी ८१ बर्षीया आमा गत ११ बैशाखमा कोरोना मुक्त भएर डिस्चार्ज भएका थिए ।
उता वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना मुक्तभएका दुई जनामा छ दिनपछि परीक्षण गर्दा पुन कोरोना पोजेटिभ देखिएपछि अहिले पुन आइसोलेसनमा राखिएको छ । ४८ घण्टाको अन्तरमा लगातार गरिएको तीनपटकको जाँचमा रिपोर्ट नेगेटिभ आएपछि गत १४ बैशाखमा डिस्चार्ज गरिएका उनीहरुको १८ बैशाखमा जाँच गर्दा पुन कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना पोजेटिभ देखिनेहरुमा एक जना रौतहटका र एक जना भारतीय मुल व्यक्ति छन् ।
यो पनि हेर्नुहोस्….
वीरगञ्ज : तीन पटकको परीक्षणमा कोरोना नेगेटिभ, चौथो पटक परीक्षण गर्दा पोजेटिभ !
सम्पर्क इमेल : [email protected]