वीरगञ्ज : तीन पटकको परीक्षणमा कोरोना नेगेटिभ, चौथो पटक परीक्षण गर्दा पोजेटिभ !

पर्सा, २२ बैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना जितेर गत १४ बैशाखमा डिस्चार्ज भएका चारमध्ये २ जना एक साता पछि सोही अस्पतालको आइसोलेसनमा ल्याएर राखिएको छ । रौतहटका एक नेपाली र एक जना भारतीय गरी २ जनालाई पुन आइसोलेसनमा राखिएको हो ।

अस्पताललले उनीहरुमा कोरोना भाइरस ‘रि-एक्टीभेसन’ देखिएको संकेत पाएपछि पुन भर्ना गरिएको बताएको छ ।  लगातार तीन पटक रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएका उनीहरुमा छ दिन पछि परीक्षण गर्दा पुन: कोभिड – १९ पोजेटिभ देखिएको थियो ।

अस्पतालका मेसु डा. मदनकुमार उपाध्यायले भने, ‘यो नयाँ भाइरसको बारेमा हामी पनि यसको अध्ययन गर्दैछौँ र हामीले थप सचेतताका लागि निको भएर डिस्चार्ज भएकाहरुको पुन: परीक्षण गरेका थियौँ । चार मध्ये दुई जनामा ‘रि-एक्टीभेसन’ भएको जस्तो पायौँ । त्यसपछि पुन अब्जरभेसनका लागि अस्पताल ल्यायौँ ।’

अस्पतालको मेडिकल टोलीले आफ्नो अस्पतालबाट पहिले पटक डिस्चार्ज भएका व्यक्तिको विशेष निगरानी राखेको छ । सोही क्रममा गत १८ बैशाखमा पुन चार जनाकै स्वाब लिएर परीक्षण गराएको थियो । सो क्रममा दुई जनाको पीसीआर रिपोर्ट पोजेटिभ आयो । अहिले पुन: दोस्रो पटक परीक्षणका लागि स्वाब झिकेर पठाइसकेको छ । तर रिपोर्ट भने आउन बाँकी छ । 

‘कोरोनाका केशहरु बढदै गएपनि अहिलेसम्म हामी नियन्त्रणमै छौँ । र हामी यो रोगमा नयाँ पनि हौँ । त्यसैले हामीकहाँबाट निको भएर डिस्चार्ज भएकाहरुको निगरानीमा राखेका थियौँ । डव्लुएचओले २ पटक नेगेटिभ आएपछि डिस्चार्ज गर्न सकिने भनिएपनि हामीले ८, १० र १२ बैशाख गरी ४८ घण्टाको अन्तरमा तीन पटक परीक्षण गरायौँ । रिपोर्ट नेगेटिभ आयो । त्यसपछि डिस्चार्ज गरेका थियौँ । ती सबैको पुन १८ गते परीक्षण गर्यौँ । त्यहाँ दुई जनामा फेरी रिएक्टीभेसन भएको पायौँ । त्यसपछि मात्रै हामीले ल्याएका हौँ । अब  पुन कोरोना संक्रिय भएको हो कि होइन भन्ने थाह होला,’ डा. उपाध्यायले भने ।

वीरगञ्ज उपचार पछि डिस्चार्ज भएकाहरु तीन जना भारतीय नागरिकमा ३० चैतमा भाइरस देखिएको थियो । रौतहटका एक जनामा भने १ बैशाखको दिन कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको थियो । उनीहरुको ८, १० र १२ बैशाखमा गरिएको परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि १४ बैशाखमा डिस्चार्ज गरिएको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *