चितवन : चार बालबालिका दादुराबाट सङ्क्रमण


चितवन, २० वैशाख । पूर्वी चितवनको राप्ती नगरपालिकामा आगामी मंगलबारदेखि दादुरा रुबेला रोग विरुद्धको खोप सञ्चालन हुने भएको छ । सो नगरपालिकाका चारबालबालिकामा दादुरा सङ्क्रमण देखिएपछि खोप शुरु गर्न लागिएको हो ।

स्वास्थ्य कार्यालय प्रमुख दीपक तिवारीका अनुसार सो नगरपालिकाको वडा नं १०, ११, १२ र १३ मा खोप सञ्चालन गर्न लागिएको हो । ती वडामा रहेका नौ महिनादेखि १५ वर्ष उमेर समूहकालाई खोप लगाइने छ ।

ती वडामा रहेका करिब सात हजारलाई खोप लगाइने छ । स्वास्थ्य मन्त्रालयकोे निर्देशिका अनुसार सामाजिक दूरी कायम गरी खोप लगाइने छ । नगरपालिका प्र्रमुख प्रभा बरालका अनुसार धादिङमा दादुराको सङ्क्रमण देखिएसँगै सिमाना जोडिएका वडामा रहेका बालबालिकादेखि युवासम्मलाई दादुराको सङ्क्रमण देखिएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *