भारतमा लकडाउनको अवधी दुई साता थपियो

काठमाडौँ, १९ बैशाख ।  देशभर कोरोना भाइरस (कोभिड – १९)को संक्रमण बढ्दै जाँदा  भारतमा जारी लकडाउन थप दुई साता लम्बिएको छ । त्यहाँको केन्द्रीय गृह मन्त्रालयले आज सूचना जारी गर्दै ३ मेमा सकिने भनिएको लकडाउन १७ मे सम्म जारी रहने जानकारी दिएको छ ।

यस अवधीमा सार्वजनिक बस, रेल र हवाई यात्रा पनि निषेध गरिएको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सबैभन्दा शुरुमा २१ दिनको देशव्यापी लकडाउन घोषणा गरेका थिए । २५ मार्च देखि १४ अप्रिलसम्म, त्यसपछि १५ अप्रिलबाट ३ मेसम्म १९ दिनको लकडाउन घोषणा गरिएको थियो । आज पुन पुन ४ मे देखि लागू हुने गरी १७ मे सम्म १४ दिनको लकडाउन जारी राख्ने घोषणा गरेको हो ।

यसपटकको लकडाउनमा केही छुट दिएको छ । ओरेन्ज र ग्रिन जोनमा इकमर्स सञ्चालन गर्न स्वीकृति दिइएको छ । यो जोनमा गैर जरुरी सामानको अनलाइन डेलिभरी गर्न छुट दिइएको छ । यस्तै ग्रीन जोनमा ५० प्रतिशत यात्रु लिएर बस चलाउन समेत अनुमति दिइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *