बलिउड अभिनेता इरफान खानको निधन

488
Shares

एजेन्सी ।  बलिउड अभिनेता इरफान खानको निधन भएको छ । ५३ बर्षको उमेरमा मुम्बईस्थित कोकिलावेन अस्पतालमा बुधबार विहान निधन भएको हो ।

केही दिन यता उनको स्वास्थ्य अवस्था निकै विग्रिएको थियो । स्थिति थप खराब भएपछि उनलाई मंगलबार आसियूमा सारिएको थियो ।
बुधबार विहान निर्देशक सुजित सरकारले ट्वीट गर्दै निधनबारे जानकारी दिएका हुन् ।

पारिवारिक स्रोतका अनुसार उनको पेटको समस्या थियो । उनी दुई वर्षदेखि क्यान्सरको उपचार गरिरहेका थिए। खानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो।

जयपुर राजस्थानमा सन् १९६६ मा जन्मिएका खान थिएटरबाट सिनेमाबाट आएका थिए। उनको अन्तिम सिनेमा सात महिनाअघि रिलिज भएको अंग्रेजी मिडियम हो।

गत शनिबार उनकी आमाको निधन भएको थियो।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *