६७ भारतीयको कोरोना रिपोर्ट नेगेटिभ
कोहलपुर, १५ वैशाख । यहाँस्थित हवल्दारपुर राम माध्यमिक विद्यालयको क्वारेन्टाइनमा रहेका ६७ भारतीयको कोरोना ¥यापिड डाइग्नोष्टिक टेष्ट ९आरडिटी० रिपोर्ट नेगेटिभ आएको छ ।
स्वास्थ्य कार्यालय बाँकेका अनुसार आइतबारसम्म जिल्लाका नेपालीसहित ६६३ जनाको स्वाब परीक्षण गरिएकामा ६५९ जनाको रिपोर्ट नेगेटिभ देखिएको छ ।
आरडिटीबाट ५३९ र पिसिआरबाट १२४ जनाको जाँच गरिएकामा चार जनाको रिपोर्ट आउन बाँकी रहेको कार्यालयका सम्पर्क व्यक्ति नरेश श्रेष्ठले वताए । यहाँका क्वारेन्टाइनमा १४० भारतीय छन् । रासस
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]
सम्पर्क इमेल : [email protected]