कोरोना जितेर थप चार जना नारायणी अस्पतालबाट भए डिस्चार्ज

200
Shares

काठमाडौँ,१४ वैशाख । वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचार गराइरहेका थप चार जना कोरोना संक्रमित आइतबार निको भएर घर फर्किएका छन् ।

अस्पतालले उनीहरुलाई आइतबार डिस्चार्ज गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

डिस्चार्ज हुनेहरुमा छपकैयाको मक्की जामे मस्जिदमा बसेका तीन भारतीय र रौतहटका १९ वर्षीय एक युवक हुन् ।

उनीहरु चौथो र पाँचौ रिपोर्ट नेगेटिभ आएपछि अस्पताल भर्ना भएको १५‍‍औं दिनमा डिस्चार्ज भएका हुन् । यो सँगै नेपालमा कोरोना निको हुने बिरामीको संख्या १६ पुगेको छ ।

वीरगञ्ज–२ छपकैया स्थित जामे मस्जिदमा बस्दै आएका ३७, ४४ र ५५ बर्षका पुरुषहरुलाई गत ३० चैतमा पीसीआर परीक्षण गर्दा पोजेटिभ देखिएपछि नारायणी अस्पतालमा भर्ना गरिएको थियो । यस्तै १ बैशाखमा रौतहटका १९ बर्षीय पुरुषमा समेत कोरोना पोजेटिभ देखिएपछि सोही अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो ।

हालसम्म नेपालमा ५१ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।  त्समध्ये ३५ जना उपचाररत छन्  ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *