कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल, एक स्थान सुधार भयो

काठमाडौँ, १३ बैशाख ।  विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले नेपाललाई अति उच्च जोखिमको सूची (लेभल ४)बाट हटाएर उच्च जोखिमको सूची (लेभल ३)मा झारेको छ ।

कोरोना नियन्त्रणमा नेपालको सक्रियता र नतिजाको आधारमा जोखिम सूचीमा सुधार भएको स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बताए । ‘हामी पहिले लेभल ४ अर्थात अति उच्च जोखिमको सूचीमा थियौँ । तर त्यसलाई हामीले सुधार गर्‍यौँ, अहिले लेभल ३ मा झरेका छौँ ,’ उनले भने ।

सार्क मुलुकका भारत, श्रीलंका, बंगलादेश, भुटान, मालदिव्स लेभल ३ मा रहेको उनले बताए । तर पाकिस्तान अहिले पनि लेभल ४ र अफगानिस्तान अहिले पनि लेभल ५ मा रहेको उनले बताए ।

नेपालले पछिल्लो समय पीसीआर र र्‍यापिड टेष्टको दायरा ह्वात्तै बढाएको, संक्रमण रोक्न लकडाउनलाई कडाईका साथ लागू गरेको, आइसोलेसन वार्ड बढाएको, क्वारेन्टाइन गर्ने कार्य स्थानीय तहले कडाईका साथ लागू गरेको कार्यको मूल्यांकन गरी नेपालको अवस्था दुई महिना अघिको तुलनामा सुधार भएको महानिर्देशक श्रेष्ठले बताए । उनले कोरोना नियन्त्रणका लागि नेपालले चालेको कदम विश्वमै उत्कृष्ठ रहेको दोहो र्‍याए ।

‘नेपालमा रोग देखियो भने अवस्था भयावह हुन्छ भन्ने थियो । स्रोत साधन छैन् पार लाउन सक्दैन, परीक्षण गर्न समेत सक्दैन भन्ने जो अनुमान थियो । त्यो हामीले गलत गरिदिएका छौँ । हामीले सातवटै प्रदेशमा तिब्रगतिमा प्रयोगशाला विस्तार ग र्‍यौँ, ७७ वटै जिल्लामा र्‍यापिड टेष्ट ग र्‍यौँ, अहिले देशभरका स्थानीय तहले संकास्पद व्यक्तिलाई क्वारेन्टाइनमा राख्ने कामलाई बढो व्यवस्थित ढंगले गरेको छ । संघ प्रदेश र स्थानीय तहको अभुतपूर्व कार्यले कोरोनाको सम्भावित भयावह अवस्था हुनबाट जोगाउन सफल भएको छ । संक्रमित व्यक्तिहरु पनि अहिले धमाधम निको भइरहेका छन् । यो हाम्रो लागि निकै सफलताको कुरा हो,’ उनले भने ।

डव्लुएचओले नेपालको कोरोना नियन्त्रण सम्वन्धी कदमलाई सही दिशामा अघि बढीरहेको उल्लेख गरेको समेत जानकारी दिए ।
नेपालमा अहिलेसम्म कोरोनाबाट ४९ जना संक्रमित भएका छन् । तीमध्ये ११ जना निको भएर घर फर्किसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : [email protected]

2 thoughts on “कोरोनाको अति उच्च जोखिमको सूचीबाट हट्यो नेपाल, एक स्थान सुधार भयो

  1. काेराेनाकाे लागि निर्ममुल पार्न नेपाल सरकार र राजनैैतिक दलहरु एकजुट भई लाग्नु भएकोमा बधाई !!!

  2. नेपाल चाँही ४ रे ईन्डिया चाँही ३ रे ! हावा रहेछ ! यो पनि लक डाउन लम्ब्याएर देश ध्वस्त गर्ने चल खेल मात्र रहेछ । लम्ब्याउ लम्ब्याउ लक डाउन पछी देखिने छ बौ को बिहे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *