कोरोना रोकथाम र सबै स्वास्थ्य समस्यामा सरकार गम्भीर : स्वास्थ्यमन्त्री ढकाल

काठमाडौँ, १० वैशाख । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोरोना भाइरसको रोकथाम र उपचारका साथै नागरिकका सबै खाले स्वास्थ्य सम्मस्याप्रति सरकार गम्भीर रहेको बताएका छन् ।

पञ्चकन्या ग्रुप र रोटरी क्लब काठमाडौँले प्रदान गरेको व्यक्तिगत सुरक्षा कवच (पिपिई) बुथ आज मन्त्रालयमा ग्रहण गर्दै उनले विपद्को समयमा सबै क्षेत्रका व्यक्ति तथा संस्थाले चिकित्साकर्मीको मनोबल उच्च बनाउन काम गर्नुपर्नेमा जोड दिए । उनले यस्ता सहयोगले अग्रभागमा रहेर काम गर्ने चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको मनोबल उच्च बनाइराख्न सहयोग पुग्ने बताए ।

पञ्चकन्या ग्रुपका अध्यक्ष प्रदीप श्रेष्ठले सरकारसँग धेरै सहकार्य गर्न चाहेको अवगत गराउँदै पिपिई बुथहरु अझ धेरै उत्पादन गरेर स्वास्थ्य संस्थालाई निःशुल्क वितरण गर्ने जनाए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *