कोरोना : प्रदेश १ मा २३ जना आइसोलेशनमा

208
Shares

विराटनगर ८ बैशाख । कोरोना भाइरसको रोकथाम र उपचारका क्रममा प्रदेश नं. १ मा छ महिला र १७ पुरुषसहित २३ जना आइसोलेशनमा छन् । ती सबै स्वास्थ्यकर्मीको निगरानीमा छन् ।

प्रदेशमा आइतबार साँझसम्ममा पिसीआर विधिबाट ३८७ जना स्वाव र आरडिटी विधिबाट दुई हजार २८१ जनाको नमूना परीक्षण गरिएको छ ।
धरानस्थ्ति विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र विराटनगरको कोशी अस्पतालमा पिसीआर विधिबाट नमूना परीक्षण भइरहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्थापित सूचना डेस्कले जनाएको छ ।

प्रदेश सरकारले निर्माण गरेका क्वारेन्टाइनमा बस्नेको सङ्ख्या हाल छ सय ७६ पुगेको छ ।

होम क्वारेन्टाइनमा चार हजार २२३ जना छन् । प्रदेशमा १३ जनामा सङ्क्रमण देखिएकामा दुई जना नेपाली र ११ जना भारतीय नागरिक छन् । रासस

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *