कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज भए आठौँ संक्रमित

1.2k
Shares

धनगढी, ७ वैशाख । सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा कोरोना भाइरस (कोभिड – १९)को आठौं संक्रमित युवक १६ दिन लामो उपचार पछि आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएका छन् ।

कैलालीको लम्की चुहा ९ प्रतापपुरका २१ बर्षिय युवकको कोरोना भाइरसको दोस्रो र तेस्रो परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि आज डिस्चार्ज भएका हुन् ।

भारतको मुम्वईबाट आएर लम्कीको क्वारेन्टाइनमा रहेका उनको पीसीआर परीक्षणका क्रममा गत २२ चैतमा कोरोना संक्रमण देखा परेको थियो । त्यसपछि उनलाई सेती अस्पतालको आइसोलेसनमा राखेर उपचार गरिएको थियो ।

आज अस्पतालबाट डिस्चार्ज हुँदा सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा हेमराज पाण्डेयलगायतका चिकित्सकहरूले बिदाइ गरेका थिए ।

अस्पतालले उपचाररत अन्य चारजनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाएको छ ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *