डव्लुएचओको अपिल – ‘वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउँ’

जेनेभा । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिवन्ध लगाउन सबै देशहरुलाई अपिल गरेको छ ।

शुक्रबार जेनेभामा आयोजित नियमित ‘मिडिया ब्रिफिङ’मा डव्लुएचओका प्रमुख डा. टेड्रोस अदानोम घेब्रियससले ७० प्रतिशत नयाँ भाइरस जनावरबाटै आएको भन्दै वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउनुपर्ने बताएका हुन् ।

सन् २०१९ को अन्त्यतिर चीनको वुहान शहरबाट कोरोना भाइरस (कोभिड १९ )को संक्रमण शुरु भएको थियो । वुहान जंगली जनावर र पंक्षीहरुको खरिदबिक्री शहरको रुपमा परिचित छ ।

डव्लुएचओका प्रमुख टेड्रोसले भनेका छन्, ‘जीवित जनावरको बिक्री हुने बजारलाई खोल्न त्यसबेला मात्रै दिनुपर्छ जव भोजन र स्वच्छताका सबै मानक कडाइका साथ पालना हुन्छ ।’

डा टेड्रोसले पशुपंक्षी बजार लाखौं जनताको भोजनको एक महत्वपूर्ण स्रोत भए पनि अधिकांश क्षेत्रमा स्वच्छताको अभाव रहेको बताएका छन् ।  डब्लुएचओले जनावरबाट मानिसमा सर्ने भाइरस रोकथामका लागि एक उपयुक्त उपायको खोजी गरिरहेको पनि  उनले जानकारी दिएका छन् ।

कोरोना भाइरसबाट अहिलेसम्म विश्वका २०० बढी देशका २२ लाख बढी संक्रमित छन् । अहिलेसम्म १ लाख ५४ हजार बढीको यहि भाइरसबाट ज्यान गएको छ ।

भाइरसको संक्रमण पहिलो दुई महिना चीन तथा कोरियामा सक्रिय देखिए पनि तेस्रो महिना देखि यसको प्रभाव अमेरिका तथा युरोपेली देशहरुमा देखिएको छ । पछिल्ला दिनमा नेपालमा पनि यसको संक्रमण बढ्दो क्रममा छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “डव्लुएचओको अपिल – ‘वन्यजन्तुको मासुको व्यापारमा कडा प्रतिबन्ध लगाउँ’

Leave a Reply

Your email address will not be published. Required fields are marked *