अहिले नै लकडाउन खोले कोरोना भाइरस झनै घातक रुपमा फैलन सक्छ : विश्व स्वास्थ्य संगठन

2.8k
Shares

एजेन्सी । विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले विश्वभर जारी लकडाउन अहिले नै हटाए परिस्थिति झन् घातक हुन सक्ने चेतावनी दिएको छ। डव्लुएचओका महानिर्देशक डा. ट्रेडोस अदामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नुपरे पनि प्रतिबन्ध खुकुलो पार्दा सावधान हुनुपर्नेमा सचेत गराएका छन् ।

युरोपेली मुलुकमध्ये कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक स्पेन र इटालीले प्रतिबन्धहरूलाई केही सहज बनाएपनि लकडाउनलाई जारी नै राखेका छन्।

हाल संसारभर १६ लाख बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो भाइरसबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघिसकेको छ।

शुक्रबार जेनेभामा आयोजित एक भर्चुअल मिडिया ब्रिफिङमा ट्रेडोसले कोरोना महामारी रोक्ने बलियो हतियार लकडाउन भएको दोहोरयाउँदै चाँडै खुकुलो पार्न नहुनेतर्फ सचेत गराएका हुन् ।

कोरोनाका कारण चर्को आर्थिक मार खेपिरहेका मुलुकहरुले पनि प्रतिबन्धहरु खुकुलो गर्नेबारे सतर्क हुनुपर्ने टेड्रोसको भनाइ छ ।

यद्यपि मुलुकहरुको अवस्था हेरी प्रतिबन्धहरु केही खुकुलो बनाउने रणनीतिबारे छलफल भैरहेको जानकारी दिए ।

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *