एउटै प्लेनबाट आएका तीन जनामा कोरोना भाइरस संक्रम , संक्रमित सबै महिला
काठमाडौँ, २० चैत । गत ४ चैतमा कतार एयर QR -६५२ बाट नेपाल आएका यात्रुमध्ये अहिलेसम्म ३ जनामा कोरोना पुष्टि भएको छ । यी तीनै जना महिला हुन् ।
सो फ्लाइटमा फ्रान्सबाट कतार हुँदै नेपाल आएकी १९ बर्षीया युवतीमा ९ चैतमा कोरोना संक्रमण भएको बताइएको थियो । उनी नेपालमा कोरोना भाइरसको लागि दोस्रो संक्रमित थिइन ।
पाँच दिन पछि अर्थात १५ चैतमा सोही फ्लाइटमा आएकी बागलुङकी एक १७ बर्षीया किशोरीमा पनि संक्रमण भएको पुष्टी भएको थियो । बेल्जियमबाट फर्केकी उनी पाँचौ संक्रमित थिइन ।
अहिले छैटौँ संक्रमित पनि बाग्लुङकै भएको बताइएको छ । उनी पनि ६५ बर्षकी महिला हुन् । उनी घरमै सेल्फ क्वारेन्टाइनमा रहेकी थिइन । रिपोर्ट पोजेटिभ आएपछि अहिले अस्पताल ल्याउने तयारी भएको बताइएको छ ।
एउटै उडानमा आएका तीनजनामा कोरोना संक्रमण भेटिएपछि उनीहरुसंगको ट्रेसिङ थप बलियो बनाउनुपर्ने जरुरी देखिएको छ ।
सम्पर्क इमेल : [email protected]