मेक्सिकोमा जन्मिए नयाँ कोरोना-भाइरस !

मेक्सिको । कोरोना भाइरस (कोभिड – १९)को संक्रमणबाट भर्खरै निको भएकी एक मेक्सिकन महिलाले आफ्ना जुम्ल्याहा सन्तानको नाम कोरोना र भाइरस राखेकी छन् । उनले छोरीको नाम कोरोना र छोराको नाम भाइरस राखेकी हुन् ।

कुरा शुक्रबार विहानको हो । कोरोना भाइरसको संक्रमणबाट निको भएकी ३४ बर्षीया अन्नामारियाल जोस राफेल गोन्जालेजले मेक्सिकोसिटीमा रहेको ला भिल्ला जनरल अस्पतालमा एकै पटक दुई बच्चा (जुम्ल्याहा सन्तान) को जन्म दिईन । एक छोरा र एक छोरी जन्माएकी उनले आफ्ना दुई सन्तानको नाम कोरोना र भाइरस राखेकी छन् । उनले छोरीको नाम कोरोना जोस मिगोल जोन्जालेज र छोराको नाम भाइरस जोस मिगोल गोन्जालेज राखेकी हुन् ।

‘मैले मेरा सन्तानको के नाम राख्ने होला भनेर कुनै योजना बनाउन सकेकै थिइन तर त्यसैबेला एक जना डाक्टरले सुझाव दिनुभयो एउटालाई कोरोना भन्नु अर्कोलाई भाइसर । मलाई पनि यो आइडिया गज्जब लाग्यो,’ गोज्नालोजले भनिन् ।

ला भिल्ला जनरल हस्पिटलका डाक्टर ईडुराडो कास्टिलासले भने आफूले जोक गरेर नाम फुराईदिएको तर सुत्केरी महिला आफूले फुराईदिएको आईडियालाई साच्चिकै रुपमा लिएको भन्दै खुशी व्यक्त गरे ।

गोन्जालोजले भने आफू अर्को हप्ता बोर्डर पार गरी अमेरिकामा पुगेर आफ्ना दुई सन्तान जन्माउने योजना रहेको बताईन् । तर त्यसअघि नै सुत्केरी व्यथा लागेपछि आफ्नो योजना भताभुंग भएको सुनाइन । उनले आफ्ना दुई सन्तानलाई अमेरिकी नागरिकता दिलाउनका लागि यस्तो चाहेको समेत खुलासा गरिन् ।

‘मलाई थाह छ म कोभिड १९ को संक्रमणमा परेकी थिएँ । तर पनि मलाई सिमा पार गरी अमेरिका छिरेर त्यहि सुत्केरी हुने र आफ्ना सन्तानलाई अमेरिकाको नागरिकता दिलाउन चाहन्थे,’ पत्रकारहरुसंग उनले भनिन् ।

सन् २०१७ मा एक मेक्सिकन आमाले आफूलाई मलेरिया लागेपछि आफ्नो शिशुको नाम मलेरिया राखेकी थिइन ।

यस्तै सन् २०१८ मा अर्की एक आमाले आफ्नो छोरीको नाम गोनोरिया राखेकी थिइन । जव उनी असुरक्षित यौन सम्पर्कका कारण लाग्ने संक्रामक रोग गोनोरियाको गम्भीर अवस्थाबाट निको भएकी थिइन ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *