कोरोना नियन्त्रणका लागि आफ्ना सदस्य राष्ट्रलाई ‘डब्लुएचओ’ले दियो ६ सुझाव

जेनेभा । कोरोना भाइरस (कोभिड – १९)को संक्रमण तिब्रगतिमा बढी रहँदा विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले यसको नियन्त्रणका लागि छ कुरामा ध्यान दिन सदस्य राष्ट्रहरुलाई जोड दिएको छ ।

डव्लुएचओका महानिर्देशक डा टेड्रोस अधानाम घेब्रियसस्ले बुधबार जेनेभामा आयोजित मिडिया ब्रिफिङमा कोरोना नियन्त्रणका लागि हरेक देशले विशेष रणनीति तयार गरी तत्काल कार्यान्वनयमा जानुपर्ने बताएका छन् ।

अहिले पनि १५० बढी देश र क्षेत्रमा कोभिड १९ को केश १०० भन्दा कम रहेको भन्दै उनले अवस्थालाई विग्रन नदिन देशहरुले विशेष सावधानीका साथ रणनीति कार्यन्वयन गर्नुपर्ने बताए ।

उनले परीक्षण, ट्रसिङ गर्ने, आइसोलेट गर्ने तथा उपचार गर्ने प्रक्रियालाई तिब्रता दिदै गर्दा सामाजिक दुरी कायम गर्ने, घरबाट ननिस्कने कार्य गर्न समेत अपिल गरेका छन् ।

डव्लुएचओले दिएका सुझावहरु यस्ता छन्

१.आफूसंग भएको स्वास्थ्य सेवा र स्वास्थ्यकर्र्मीलाई बृद्धि गर, तालिम देउ र परिचालन गर ।
२. समुदायमा रहेका हरेक शंकास्पद केश खोजी गर्न एउटा सिस्टम बनाउ र तत्काल कार्यान्वयमा जाउ ।
३. परीक्षण सामग्रीको उत्पादन र परीक्षणको दायरा र क्षमतालाई बढाउ ।
४. बिरामीको पहिचान गरिसकेपछि तुरुन्तै अस्पताल पुरयाउँ । विरामीको आवश्यकता र अवस्था अनुसार उपचार गरौँ ।
५. क्वारेन्टाइन सम्पर्कलाई व्यवस्थित गर्न स्पष्ट योजना र प्रक्रियाको विकास गर ।
६. कोभिड १९ नियन्त्रण गर्न राज्यका सबै निकाय पुन केन्द्रीत होउ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *