देशव्यापी रुपमा २१ दिन लकडाउन गर्ने भारतको घोषणा

एजेन्सी । कोरोना भाइरसको संक्रमण बढदै गएपछि भारत सरकारले तीन साता (२१ दिन ) देशभर लकडाउन गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार देशवासीका नाममा सम्वोधन गर्दै देशव्यापी रुपमा लकडाउन गर्ने घोषणा गरेका हुन् ।

उनले कोरोना भाइरसविरुद्ध निर्णायक लडाईका लागि यो निर्णय लिनुपरेको बताएका छन् । हिन्दुस्तान र भारतीय जनतालाई बचाउनका लागि यो निर्णय लिएको उनले स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री मोदीले भनेका छन्, ‘यो लकडाउन कफ्र्यूजस्तै हो । हरेक जनता र हरेक परिवारका लागि यो महत्वपूर्ण हो । यसलाई सबैले पालना गरौँ । यो २१ दिनमा सम्हालिन सकेन भने देश र परिवार २१ बर्ष पछि धकेलिनेछ ।’

उनले नयाँ घोषणा आज राती १२ बजे देखि लागू हुने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *