४ चैतमा कतार एयरवेजबाट आउनेले यी नम्बरमा फोन गर्नुस्

काठमाडौँ, ११ पुस । फ्रान्सबाट कतार हुँदै ४ चैतमा काठमाडौँ ओर्लिएकी एक किशोरीमा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले उनी आएको हवाईजहाजमा यात्रा गरेका अन्य यात्रुको समेत खोजी गरेको छ ।

स्वास्थ्य मन्त्रालयले ४ चैतमा कतारबाट काठमाडौँका लागि उडेको विमान कतार एयरवेजको फ्लाइट – QR ६५२ रहेको जनाएको छ । सो विमानमा २०५ जना यात्रु भएको समेत स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयले त्यस दिन सो फ्लाइटबाट आएकाहरुले हटलाईन नम्बर ९८५१२५५८३९, ९८५१२५५८३४ र ९८५१२५५८३७ मा सम्पर्क गरेर जानकारी लिन वा दिन अनुरोध गरेको छ ।

‘त्यो एयरलायन्स मात्रै होईन अरु फ्लाइबाट आएको हो र जोखिमपूर्ण क्षेत्रबाट आएको हो भने पनि यी नम्बरमा फोन गर्न र आवश्यक जानकारी लिन सकिन्छ,’ मन्त्रालयका भीम सापकोटाले बताए ।

झण्डै ५० प्रतिशत सम्पर्कका आईसके
यसैबीच कतार एयरको ४ चैतको फ्लाइटबाट आएका २०५ जनामध्ये झण्डै ५० प्रतिशत यात्रु सोमबार बेलुकासम्म नै आफै सम्पर्कमा आईसकेको स्वासथ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । उसले बाँकी यात्रुहरुको पनि खोजी गर्ने कार्य भइरहेको र आवश्यक परामर्श र सतकर्ताको कार्य अघि बढाएको बताएको छ ।

महाशाखाले त्ययदिन सो फ्लाइटमा आउनेको स्वास्थ्य परीक्षण गर्ने हेल्थ डेस्क, पासपोर्ट इस्यु गर्ने इमिग्रेसन तथा विमानस्थलका अन्य कर्मचारी गरी ४२८ जनाको विवरण लिइसकेको र आवश्यक सतर्कताका प्रक्रिया अघि बढाईसकेको जनाएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *