बलम्बुस्थित सशस्त्र प्रहरीको अस्पतालमा आजैबाट कोरोना संक्रमितको उपचार शुरु हुँदै

काठमाडौँ, १० चैत । सरकारले बलम्बुमा रहेको सशस्त्र प्रहरीको अस्पताललाई कोरोना भाइरसबाट संक्रमितहरुको उपचार गर्ने डेडिकेटेड अस्पतालको रुपमा परिवर्तन गर्दै आजैबाट सेवा सुचारु गर्ने भएको छ ।

सिंहदरबारमा आज बसेको उच्चस्तरीय समितिको बैठकले ९ चैतको मन्त्रिपरिषदको बैठकको निर्णय अनुसार बलम्बु अस्पतालबाट कोरोना भाइरस संक्रमितको उपचार सेवा सुचारु गर्ने निर्णय गरेको हो ।

निर्णयमा भनिएको छ, ‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा आजै देखि बलम्बुस्थित सशस्त्र प्रहरी बल नेपालको अस्पतालबाट कोभिड १९को रोकथाम नियन्त्रण र उपचार सम्वन्धी कार्य नेपाली सेनाका चिकित्सकहरुको समन्वयमा नेपाल प्रहरी सशस्त्र प्रहरी बल र आवश्यकता अनुसार सरकारी सामुदायिक र निजी क्षेत्रका चिकित्सक नर्स र स्वास्थ्यकर्मीहरु परिचालन गरी शुरु गर्ने र यसका लागि रक्षा गृह परराष्ट र अर्थ मन्त्रालयले आवश्यक समन्वय गर्ने ।’

फ्रान्सबाट आएकी एक महिलामा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले भोलिबाट एक साताका लागि देशभर लकडाउन गर्ने निर्णय गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *