कोरोना भाइरस सङ्क्रमणको डरले ५४ हजार कैदी रिहा

160
Shares


तेहरान, इरान, २२ फागुन । इरानको कारागारहरूमा भएको चापका कारण कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४ हजारभन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ ।

इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले संवाददाताहरूलाई परीक्षणबाट कोभिड–१९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताएका छन् ।

यद्यपि पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका “सुरक्षासँग सम्बन्धित कैदीहरू“लाई भने छाडिएको छैन ।

उनका पतिले शनिबार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोभिड–१९ भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए ।

कोरोना भाइरस सङ्क्रमणको कारण ७९ व्यक्तिको मृत्यु भइसकेको छ भने दुई हजार ५०० व्यक्ति सङ्क्रमित रहेका सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।

कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या तीन हजार २०० नाघेको बुधबार जनाइएको छ ।

गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ७६ भन्दाबढी देशहरूमा फैलिएको छ ।

यस भाइरसका कारण विश्वभरि कम्तीमा ९० हजारभन्दा बढी सङ्क्रमण भएको पुष्टि भएको छ । उता संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट ९ जनाको मृत्यु भएको छ ।

यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि ९ जनाको ज्यान गएको अधिकारीको भनाइ छ । रासस/एएफपी

नेपाली हेल्थमा प्रकाशित समाचार / स्वास्थ्य सामग्री पढ्नु भएकोमा धन्यवाद। प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुझाव साथै लेख,
विश्लेषण, सूचना, जानकारी तथा विज्ञापनका लागि हामीलाई (nepalihealthnews@gmail.com) मा सम्पर्क गर्नुहोला।

Leave a Reply

Your email address will not be published. Required fields are marked *