कोरोना भाइरस : कोरियाको संक्रमण दर चीनकै गतिमा ? संक्रमितको संख्या १५९५

सिओल । कोरोना भाइरस (कोभिड – १९) को संक्रमण दक्षिण कोरियामा तिब्र गतिमा बढेको छ । विहीबार विहान सार्वजनिक भएको प्रतिवेदनले कोरियाको चीनलाई भेट्टाउने गतिमा फैलिन थालेको भन्दै अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

कोरिया सरकारको केन्द्रीय रोग नियन्त्रण महाशाखाले दिएको जानकारी बिहीबार विहान सार्वजनिक गरेको प्रतिवेदन अनुसार बुधबार मात्रै थप ३३४ जना व्यक्तिमा कोभिड १९ को संक्रमण देखा परेको छ ।

यो सहित कोरियामा कोभिड – १९ को संक्रमणमा पर्नेको संख्या १ हजार ५९५ पुगेको छ । जवकी चीनमा विहीबार विहान सार्वजनिक भएको प्रतिवेदनमा नयाँ संक्रमणको केश ४३३ मात्रै देखाएको छ । तर यो अघिल्लो दिनको तुलनामा २७ ले बढी हो । मंगलबार चीनमा ४०६ जनामा मात्रै संक्रमण देखा परेको थियो ।

यता कोरियामा अहिलेसम्म अहिलेसम्म यो भाइरसबाट १३ जनाको ज्यान गएको छ ।

अधिकारीहरुले कुल संक्रमणको आधा भन्दा बढी केश इसाई आदिवासी बसोबास गर्ने डेईगु क्षेत्रमा भेटिएको बताएका छन् । बुधबार देखिएको ३३४ मध्ये ३०७ केश डेईगु क्षेत्र जो राजधानी सिओल भन्दा करीब ३०० किलोमिटर टाढा दक्षिणपूर्र्वी भागमा देखिएको हो ।

कोरिया पछि यो भाइरसको सबैभन्दा बढी संक्रमण जापानी तटमा रहेको पानीजहाज डायमण्ड प्रिन्सेजमा देखिएको छ । त्यहाँ क्वारेन्टाइन गरिएकामध्ये अहिलेसम्म ६९१ जनामा यो भाइरस देखिएको छ भने ४ जनाको ज्यान गईसकेको छ ।

यता युरोपको देश इटालीमा ३७४ जनामा संक्रमण देखिएको छ भने मृत्यु हुनेको संख्या १२ पुगेको छ । जापानमा १७१ जनामा संक्रमण र ३ जनाको मृत्यु भएको छ भने इरानमा अहिलेसम्म १३९ जनामा संक्रमण देखिएको छ तर मृत्यु हुनेको संख्या १९ पुगिसकेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *