कोरोनाको प्रकोपपछि हङकङका जनतालाई १० हजार डलर बाँढ्दै सरकार


एजेन्सी । आन्दोलनको चपेटाबाट निस्किन नपाउँदै कोरोनाभाइरस महामारीमा फसेका हङकङका जनतालाई सरकारले आर्थिक राहत दिने घोषणा गरेको छ । सो राहत अन्तरगर्त अब १८ वर्षमाथिका प्रत्येक नागरिकले १० हजार हङकङ डलर (१ हजार २०० अमेरिकी डलर ) पाउने छन् ।

बुधबार बजेट भाषण गर्ने क्रममा अर्थ सचिव पाउल चान मो(पो विशम परिस्थितिले जनतालाई पर्ने आर्थिक भार कम गर्न यस्तो निर्णय लिइएको जानकारी दिए । उनले सो कार्यका लागि १२० अर्व हङकङ डलर बजेट विनियोजन गरिएको समेत बताए । उनले यसैबाट कम्पनीहरूको ऋण तथा करको पूर्ण ग्यारेन्टीपनि लिने पनि बताएका छन्।

यस्तै नागरिकलाई सुविधा दिने क्रममा सरकारका तर्फबाट व्यक्तिले तिर्नुपर्ने, सरकारी दर र कम आम्दानी भएकाहरुको सार्वजनिक आवासको भाडामा समेत एक महिना छुट भएको घोषणा गरिएको छ ।

हङकङका राजनीतिक दलहरूले यस्तो कठिन अवस्थामा सबै वयस्क बासिन्दाहरूलाई कम्तीमा १० हजार हङकङ डलर उपलव्ध गराउन सरकारसंग माग गरेका थिए । राहत प्याकेज गत वर्षको भन्दा दोब्बर बढी हो।

यसअघि, हङकङ सरकारले माध्यमिक विद्यालय, प्राथमिक विद्यालय र किन्डरगार्टेनमा अध्ययनरत प्रत्येक विद्यार्थीलाई ३ हजार ५ सय हङकङ डलर अनुदान दिने घोषणा गरिसकेको छ।

हङकङमा कोरोना भाइरसबाट अहिलेसम्म ८५ जनामा संक्रमण देखिएको छ । दुई जनाको ज्यान गएको छ । भाइरसको संक्रमण रोक्न सरकारले सबै खाले अत्यावश्यक कदम चालेको बताउँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *