दक्षिण कोरियामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ८९६ पुग्यो

सिओल । दक्षिण कोरियामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ८९३ पुगेको छ । सोमबार थप ६० जनामा संक्रमण देखा परेको थियो । तर यो संख्या अघिल्लो दिनको तुलनामा भने केही कमि हो । आइतबार १६१ जनामा नयाँ संक्रमण देखा परेको थियो । कोरियामा अहिलेसम्म यो भाइरसबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

सरकारी अधिकारीका अनुसार मुख्यरुपमा दुईवटा क्षेत्रमा कोरोनाको संक्रमण बढी देखिएको छ । इसाई आवादी क्षेत्र रहेको दक्षिणपूर्वी शहर डाइगु र अस्पताल रहेको अर्को शहर चेओङदोमा ।

कोरियाको दोस्रो ठूलो शहर बुसानमा समेत यो भाइरस देखिएको छ । त्यहाँ मंगलबार विहान २ जनामा संक्रमण भएको पाइएको हो ।

यता चीनमा मंगलबार थप ५०८ जनामा कोरोना भाइरसको संक्रमण देखा परेको जनाइएको छ । त्यसमध्ये ९ जना मात्रै हुवेई प्रान्त बाहिरका हुन् ।

स्वास्थ्य अधिकारीहरुले सोमबार मात्रै ७१ जनाको मृत्यु भएको बताएका छन् । यो संगै गत डिसेम्बरबाट अहिलेसम्म कोरोनबाट मृत्यु हुनेको संख्या चीनमा २ हजार ६६३ पुगेको छ । ७७ हजार ६५८ जनामा संक्रमण र २७ हजार ३२३ जना अस्पतालको उपचार पछि घर फर्केको समेत बताइएको छ ।

चीनमा पछिल्ला दिनमा संक्रमणदर साघुरिदै गएपनि छिमेकी अन्य मुलुकमा संक्रमण बढदै गएको छ । कोरिया, जापान, इटाली, इरान लगायतका देशहरुमा संक्रमण र मृत्युदर बढ्दै जाँदा अधिकारीहरुले चिन्ता व्यक्त गरेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “दक्षिण कोरियामा कोरोनाभाइरसबाट संक्रमित हुनेको संख्या ८९६ पुग्यो

Leave a Reply

Your email address will not be published. Required fields are marked *