पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानद्धार शनिबार लिइएको एमडी/एमएसको प्रवेश परीक्षा रद्ध

पोखरा, ११ फागुन । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार लिएको स्नातकोत्तर तह एमडीएमएसको प्रवेश परीक्षा रद्ध गरेको छ । प्रतिष्ठानले आइतबार विहान सूचना जारी गरी शनिबार लिइएको भनिएको प्रवेश परीक्षा रद्ध गरेको जानकारी दिएको हो ।

यसअघि शनिबार दिउसो २ बजे अमरसिंह नमूना मावि रामघाट पोखरामा सञ्चालन हुने परीक्षा केही समय ढिला हुँदा गडबडी उत्पन्न भएको थियो । परीक्षार्थीहरुले प्रश्नपत्र आउट भएको भन्दै बहिस्कार गरेका थिए । झण्डै ५ सय परीक्षार्थीले परीक्षा बहिस्कार गरेपछि प्रतिष्ठानको शनिबार राती ११ बजे बसेको आकस्मिक बैठकले परीक्षा रद्ध गर्ने निर्णय गरेका हो ।

प्रतिष्ठानका डीन प्राडा नरेन्द्रविक्रम गुरुङद्धारा जारी सूचनामा शनिबारको प्रवेश परीक्षा विशेष कारणबस रद्ध गरिएको र अर्को परीक्षाको सूचना पछि प्रकाशित गर्ने उल्लेख छ ।

गत ५ असारमा बसेको नेपाल मेडिकल काउन्सिलको पूर्ण बैठकले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई एमडीएमएसमा १७ सिट दिने निर्णय गरेको थियो । त्यसमा इन्टरनल मेडिसिनमा २, सर्जरीमा ४, स्त्री तथा प्रसूतिमा ४, पेडियाट्रीक्समा २, एनेस्थेसियामा २, अर्थोपेडिक्समा ३ सिट रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *